खोपबारे तपाइँले थाहा पाउनै पर्ने कुरा, यी कुराबारे नबुझी नलगाउनुस् कोरोनाको खोप – Janadesh Daily | ePaper

खोपबारे तपाइँले थाहा पाउनै पर्ने कुरा, यी कुराबारे नबुझी नलगाउनुस् कोरोनाको खोप


जनादेश हेल्थ डेस्क ।

कोरोना महामारी चलिरहेको समयमा उपलब्ध भएको खोपले सबैलाई राहतको श्वास फेर्ने अवसर दिएको छ । विश्वका धेरै देशमा खोप लगाउने अभियान सुरु भइसकेको छ ।

नेपालमा पनि भारतबाट १० लाख डोज खोप आइसकेको छ। लगाउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तिम तयारी गरिसकेको छ ।

खोपबारे सूचना र सुझाव तपाईंलाई जटिल लागिरहेको पनि हुन सक्छ। तसर्थ यहाँ केही त्यस्ता आधारभूत तथ्य प्रस्तुत गरिन्छ, जसले तपाईंलाई खोप कसरी बन्छ र यसले कसरी काम गर्छ भन्ने विषयमा बुझ्न ठूलो मद्दत गर्छन्।

खोप के हो?
कुनै पनि खोप शरीरमा हुने कुनै रोग, भाइरस तथा संक्रमणविरुद्ध लड्न तयार पारिन्छ। भ्याक्सिनमा कुनै जीवको केही कमजोर वा निष्क्रिय अंश हुन्छ। जसले शरीरको प्रतिरक्षा प्रणालीलाई संक्रमण अर्थात् कुनै आक्रमणकारी भाइरस चिन्न प्रेरित गर्छ र त्यसविरुद्ध लड्ने एन्टिबडी बनाउँछ।

खोप लगाउँदा कमै मानिसलाई मात्र नकारात्मक असर देखिन्छ। तर केही मानिसलाई यसका साइड इफेक्टको सामाना गर्नुपर्ने अवस्था आउन सक्छ। हल्का ज्वरो आउनु वा शरीरमा डाबर देखापर्नु सामान्य दुष्प्रभाव हुन्।

खोप लगाएको केही समयपछि तपाईंको शरीरमा त्यस रोगविरुद्ध लड्ने प्रतिरक्षा प्रणालीको विकास हुन थाल्छ।

अमेरिकाको सेन्टर अफ डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार भ्याक्सिन धेरै शक्तिशाली हुन्छन्, किनकि यसले अधिकांश औषधिको विपरीत कुनै रोगको उपचार होइन, त्यसलाई रोक्छ।

खोपको प्रारम्भिक रूप चीनका वैज्ञानिकले दसौं शताब्दीमा पत्ता लगाएका थिए। तर सन् १७९६ मा एडवर्ड जेनरले चिकनपक्सको हल्का संक्रमणको एक डोजले चिकनपक्सको गम्भीर संक्रमणबाट बचाउँछ।

उनले यस विषयमा थप अध्ययन गरे। उनले आफ्नो यस सिद्धान्तको परीक्षण पनि गरे र उनले निष्कर्ष निकालको २ वर्षपछि त्यसलाई सार्वजनिक गरे।

त्यसैबेलादेखि भ्याक्सिन शब्दको उत्पत्ति भएको हो। यो ल्याटिन भाषा भक्का (भीएसीसीए) बाट बनेको हो, जसको अर्थ गाई हुन्छ।

भ्याक्सिनलाई आधुनिक विश्वको सबैभन्दा ठूलो चिकित्सकीय उपलब्धिमध्ये एक मानिन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार खोपका कारण हरेक वर्ष २० देखि ३० लाखसम्म मानिसको ज्यान बचाइरहको छ।

सीडीसीका अनुसार बजारमा पठाउनुअघि गम्भीर ढंगले खोपको परीक्षण गरिन्छ। पहिले प्रयोगशालामा र त्यसपछि जनावरमा खोपको परीक्षण गरिन्छ। यसपछि मानिसमा भ्याक्सिनको ट्रायल गरिन्छ। अधिकतर देशमा स्थानीय औषधि नियामक निकायबाट अनुमति लिएपछि भ्याक्सिन आम मानिसलाई लगाउन थालिन्छ।

खोप लगाउने अभियानमा निश्चित रूपमा केही जोखिम हुन्छन् तर सबै औषधिजस्तै यसका फाइदाका अगाडि ती केही पनि होइनन्।

उदाहरणका लागि बाल्यकालमा देखिने केही रोग जुन एक पुस्ता अगाडिसम्म सामान्य मानिन्थे, खोपका कारण ती अहिले निवारण भइसकेका छन्।

चिकेनपक्स जसले लाखौं मानिसको ज्यान लियो, अहिले त्यो पूर्ण रूपमा अन्त्य भइसकेको छ।

तर यस्तो सफलता प्राप्त गर्न अक्सर दसकौं लाग्छ। विश्वव्यापी खोप अभियान सुरु भएको लगभग ३० वर्षपछि अफ्रिकालाई पोलियोमुक्त देश घोषणा गरिएको थियो। यो धेरै लामो समय हो।

विशेषज्ञले चेतावनी दिएका छन्– कोरोनाविरुद्ध विश्वभर पर्याप्त मात्रामा खोप अभियान सञ्चालन गर्न महिनौं वा वर्षौं पनि लाग्न सक्छ, त्यसपछि मात्र हामी सामान्य अवस्थामा फर्किन सक्छौं।

खोप कसरी बनाइन्छ?
जब कुनै नयाँ रोगबाहक जस्तै स् जीवाणु, विषाणु, परजीवी वा संक्रमण शरीरमा प्रवशे गर्छ, तब शरीरको एक उपअंश, जसलाई एन्टिजेन भनिन्छ, ले ती जीवाणु, विषाणुविरुद्ध लड्न एन्डिबडीको उत्पादन सुरु गर्छ।

भ्याक्सिनमा कुनै जीवको केही कमजोर वा निष्क्रिय अंश हुन्छ, जसले शरीरको प्रतिरक्षा प्रणालीलाई संक्रमण (आक्रमणकारी भाइरस) लाई चिन्छ र त्यसविरुद्ध एन्टिबडी बनाउँछ। जसले बाहिरी भाइरसविरुद्ध लड्न हाम्रो शरीरलाई मद्दत गर्छ।

परम्परागत खोपले बाहिरी भाइरविरुद्ध लडन् शरीरको क्षमता विकास गर्छन्।

तर अहिले खोप विकासका लागि नयाँ तरिका अपनाउन थालिएको छ। कोरोनाविरुद्ध केही खोप बनाउँदा पनि यस्तै नयाँ तरिका प्रयोग गरिएको छ।

कोरोना खोपको तुलना
फाइजर–बायोएनटेक र मोडर्नाले बनाएका दुवै कोरोना खोप ‘म्यासेन्जर आरएनए भ्याक्सिन’ हुन्, जुन तयार गर्दा भाइरसको आनुवांशिक कोडको एक हिस्सा प्रयोग गरिएको छ।

यी खोपले एन्टिजेनको कमजोर वा निष्क्रिय अंश उपयोग गर्नुभन्दा शरीरको सेललाई भाइरसको सतहमा पाइने ‘स्पाइक प्रोटिन’ले कसरी कोभिड गराउँछ भन्ने कुरा सिकाउने काम गर्छ।

अक्सफोर्ड र एस्ट्राजेनेकाले बनाएको भ्याक्सिन फेरि फरक हो। वैज्ञानिकले यो खोप बनाउँदा चिम्पान्जीलाई संक्रमित गर्ने एक भाइरसलाई केही परिवर्तन गराए र कोरोनाको आनुवांशिक कोडको एक टुक्रा पनि यसमा समावेश गरे।

यी तीनै खोपलाई अमेरिका र बेलायतमा आपतकालीन प्रयोगका लागि अनुमति दिइसकिएको छ। मेक्सिनको, चिली र कोस्टरिकाले पनि फाइजरको खोपको व्यवस्था गर्न सुरु गरेका छन्। ब्राजिलले भने अक्सफोर्ड र सिनोभ्याकलाई ग्रिन सिग्नल दिएको छ।

कोरोनाविरुद्ध अरू खोप पनि छन्?
चीनको औषधि कम्पनी सिनोभ्याकले ‘कोरोना भ्याक’ नामको खोप बनाएको छ। जुन खोप चीन, सिंगापुर, मलेसिया, इन्डोनेसिया र फिलिपिन्समा लगिएको छ। कम्पनीले यो खोप बनाउँदा परम्परागत तरिका अपनाएको थियो। कम्पनीका अनुसार यो खोप बनाउन भाइरसको निष्क्रिय अंश प्रयोग गरिएको थियो। तर यो खोप कति प्रभावकारी छ भन्ने विषयमा धेरै प्रश्न उठेका छन्। टर्की, इन्डोनेसिया र ब्राजिलमा यो खोपको ट्रायल गरिएको थियो। यी देशका वैज्ञानिकले अन्तिम चरणको ट्रायलपछि यो खोप ५०.४ प्रतिशत प्रभावकारी भएको बताएका छन्।

भारतमा पनि दुई किसिमका खोप उत्पादन भइरहेका छन्। एउटा हो– कोभिसिल्ड हो, जुन एस्ट्राजेनेका कम्पनी र अक्सफोर्ड विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन्। यो खोप भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया कम्पनीले उत्पादन गरिरहेको छ। अर्काे खोप हो– भारतीय कम्पनी भारत बायोटेकले बनाएको कोभ्याक्सिन।

रुसले आफ्नै खोप विकास गरेको छ– ‘स्पुतनिक–५’। यो खोप भाइरसको संस्करणमा थोरै परिवर्तन गरेर बनाइएको हो। यो खोप अजेन्टिनामा पनि प्रयोग भइरहेको छ। अर्जेन्टिनाले यो खोपको तीन लाख डोज माग गरेको छ।

अफ्रिकी संघले पनि यो खोपको लाखौं डोज मगाएको छ। तर उसले अन्य पनि धेरै कम्पनीसँग खोप माग गरेको छ। मसलन, अफ्रिकी संघले फाइजर, एस्ट्राजेनेका (सिरम इन्स्टिच्युटका माध्यमबाट) र जनसन एन्ड जनसनसँग खोप माग गरेको छ। तर जनसन एन्ड जनसन कम्पनील अहिलेसम्म आफ्नो खोप फाइनल गरिसकेको छैन।

के मैले पनि कोरोना खोप लगाउनुपर्छ?
कतै पनि कोरोना खोप लगाउन अनिवार्य गरिएको छैन। तर धेरैजसो मानिसलाई खोप लगाउन नै सल्लाह दिइएको छ, तर यसमा स्वास्थ्यसम्बन्धी समस्या भएका मानिस अपवाद हुन्।

विश्व स्वास्थ्य संगठनले अनुमान गरेको छ कि संक्रमण रोक्न कम्तीमा ६५ देखि ७० प्रतिशत मानिसले खोप लगाउन जरुरी छ। यसको अर्थ हो– बढीभन्दा बढी मानिसलाई खोप लगाउन प्रोत्साहन गर्न आवश्यक छ।

धेरै मानिस खोप उत्पादनको गति देखेर चिन्तित छन्। यो सत्य हो कि वैज्ञानिकले खोप विकास गर्न धेरै वर्ष लगाउँछन्। तर महामारी नियन्त्रणका लागि खोप निर्माणको गति तीव्र पारिएको छ। यसका लागि विश्व स्वास्थ्य संगठनले वैज्ञानिक, व्यापारिक एवं स्वास्थ्य संघ संगठनसँग मिलेर काम गरिरहेको छ।

संक्षेपमा भन्दा अर्बौं मानिसलाई खोप लगाएर मात्र कोरोना संक्रमण रोक्न सकिन्छ र विश्वमा हर्ड इम्युनिटी (समुदायगत प्रतिरक्षा प्रणाली) बढ्छ। विशेषज्ञका अनुसार हर्ड इम्युनिटीको विकासबाट मात्र विश्वको जनजीवनलाई फेरि सामान्य बनाउन सकिन्छ।

विविसीको सामग्री सम्पादनसहित

 

यो पनि हेर्नुस्- भारतबाट आएको कोरोना खोपबारे सतर्क रहनै पर्ने कुराहरु 

कोरोना खोप व्यवस्थापनका लागि सरकारको नयाँ निर्णय, यी हुन् खोप वितरण गर्ने सात प्रमुख व्यक्ति

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्