काठमाडौँ । हलिउड अभिनेता जोनी डीपकी पूर्व पत्नी एम्बर हर्डले आफूलाई जोनीले लागूऔषध र रक्सी पिएका बेला शारीरिक र मौखिक रुपले दुर्व्यवहार गरेको आरोप लगाउँदै आएकी छिन् । यद्यपि ‘पाइरेट्स अफ क्यारेबियन’ अभिनेता डीपले उनको आरोप झुटो रहेको कुरा अदालतमा राख्दै आएका छन् ।
