सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का – Janadesh Daily | ePaper

सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का


बैतडी, १९ माघ । सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ ।

आज विहान २ बजेर ३४ मिनेटमा बझाङको गडराय आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालले जानकारी दिनुभयो । उक्त भूकम्प ३ दशमलव ७ रेक्टर स्केलको रहेको जनाइएको छ ।

यसैगरी आइतबार राति १२ बजेर ४६ मिनेटमा नेपाल–भारत सीमा खलङ्गाको उत्तर पश्चिम १८ किलोमिटर टाढा आसपास केन्द्र भएर भूकम्प गएको उहाँले जानकारी दिनुभयो । उक्त भूकम्प ३ दशमलव ६ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ ।

भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ । यसअघि गत पुस २८ गते दार्चुलाको सुनसेरा आसपास भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो भने पुस १९ गते पनि बैतडीको डिलाशैनी आसपास केन्द्र भएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्