आधिकारिकताको औपचारिक दाबीः प्रचण्डले बुझाए निर्वाचन आयोगमा पत्र, संख्यामा अत्याधिक बहुमत – Janadesh Daily | ePaper

आधिकारिकताको औपचारिक दाबीः प्रचण्डले बुझाए निर्वाचन आयोगमा पत्र, संख्यामा अत्याधिक बहुमत


No description available.
जनादेश, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको आधिकारिकता दावी गर्दै प्रचण्ड-माधव पक्षका नेताहरुले निर्वाचन आयोगमा ‍औपचारिक दाबी पेश गरेका छन् ।

अध्यक्षद्धय प्रचण्ड र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालसहितका नेताहरु मंगलबार बिहान आयोगको केन्द्रीय कार्यालय कान्तिपथ पुगेर आधिकारिकताका लागि पत्र बुझाएका हुन् ।

केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न पत्रसहित जाने निर्णय गरे अनुसार राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी गर्दै आयोगलाई पत्र बुझाएको यो समूहले जनाएको छ ।

सोमबार बसेको सो समूहको केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय नेकपाको प्रचण्ड-माधव समूहले गरेको छ । बहुमत केन्द्रीय सदस्यहरु आफूसँगै रहेको भन्दै प्रचण्ड-माधव समूहले आफूहरुले नै आधिकारिकता पाउनुपर्ने दाबी गर्दै आएको छ ।

मंगलबार आयोगमा बुझाएको पत्रमा ४ सय ४१ मध्ये २ सय ७५ जना प्रचण्ड-नेपाल समूहमा रहेर हस्ताक्षर गरेका छन् । आवश्यक परे फेरि पनि ती हस्ताक्षरकर्तालाई सशरीर उपस्थित गराउन सक्ने नेता लिलामणि पोखरेलले दाबी गरे ।

प्रतिनिधिसभा विघटनसँगै दुई खेमामा विभाजित नेकपाको प्रचण्ड-माधव समूहले अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर माधवकुमार नेपाललाई चयन गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्