ओली निकट अनेमसंघद्वारा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न गृहमन्त्रीलाई ज्ञापन पत्र – Janadesh Daily | ePaper

ओली निकट अनेमसंघद्वारा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न गृहमन्त्रीलाई ज्ञापन पत्र


जनादेश, काठमाडौँ ।

नेकपा प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न केपी ओली नेतृत्वको नेकपा अखिल नेपाल महिला संघ (अनेमसंघ) ले
गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएको छ ।

माघ १६ गते गोरखाको सिरानचोक गाउँपालिकामा भएको एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चारित्रिक हत्या गरेको आरोप लगाउँदै अनेमसंघले कारवाहीको माग गरेको छ ।

ज्ञापन पत्रमा नेतृ झाँक्रीले राष्ट्रपति भण्डारीको चारित्रिक हत्या गर्दै विभिन्न लाञ्छना, गाली बेइज्जति गरी व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पुर्‍याउने नियतले आपत्तिजनक र अपमान जनक शब्दहरु प्रयोग गरेकाले प्रक्राउ गरी कानुन बमोजिम कारबाही गर्न माग गरिएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्