ओलीको सभाअघि नागरिकको मार्चपासः ‘सत्ता कब्जा मुर्दावाद, राष्ट्रपति ज्यू संविधान कहाँ छ? – Janadesh Daily | ePaper

ओलीको सभाअघि नागरिकको मार्चपासः ‘सत्ता कब्जा मुर्दावाद, राष्ट्रपति ज्यू संविधान कहाँ छ?


जनादेश अपडेट ।

प्रधानमन्त्री केपी ओली समूहको आमसभा हुनु अघि आज काठमाडौंमा नागरिक मार्चपास भएको छ । बृहत नागरिक आन्दोलनले शुक्रबार बिहानै राष्ट्रपति कार्यालय अगाडि मार्चपास गरेको छ।

ओलीको सभा अघि सन्देश दिन नागरिक अगुवाले लैनचौरस्थित पद्मरत्न तुलाधर निवास परिसरबाट शितल निवाससम्म मार्चपास गरेका हुन्।

मार्चपासमा सहभागीहरुले ‘सत्ता कब्जा मुर्दावाद, राष्ट्रपति ज्यू संविधान कहाँ छ?, सर्वसत्तावाद मुर्दावाद’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

नागरिकहरुले असंवैधानिक नियुक्तीहरु खारेज गर्न पनि माग गरेका छन्। संवैधानिक निकायमा असंवैधानिक नियुक्ति भएको भन्दै मार्च पास गरिएको बृहत नागरिक आन्दोलनका अगुवाहरुले बताएका छन्।

संसदीय सुनुवाई बिना बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायहरुमा नियुक्त गरेकी थिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो नारायणहिटी संग्रहालयअगाडि शक्ति प्रदर्शन गर्दैछन्।

पूर्वनिर्धारित कार्यक्रमअनुसार बागबजार, प्रदर्शनीमार्ग, महेन्द्र शालिक, घण्टाघर, सुन्धारा, त्रिपुरेस्वर, गौशाला, मातीघर मण्डला, पुतलीसडक, लैनचौर, सोह्रखुट्टे, टेकू, वसन्तपुर, ज्ञानेश्वर तथा पुरानो बानेस्वरलगायतका स्थानबाट जुलुस निस्कने छ ।

२३ माघमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न कार्यक्रममा उपत्यकाका विभिन्न स्थान, बनेपा, धादिङ र मकनवापुरगायतका जिल्लाबाट र्‍याली, जुलुस गर्ने तयारी भइरहेका ओली समूहका नेता महेश बस्नेतले बताएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्