स्पेनिस ला लिगाः मेस्सीले गोलले बार्सालाई जिताउन सकेन – Janadesh Daily | ePaper

स्पेनिस ला लिगाः मेस्सीले गोलले बार्सालाई जिताउन सकेन


जनादेश स्पोर्ट्स ।
स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा बासिएलोना काडिजसँग १–१ को बराबरीमा रोकिन बाध्य भएको हो ।

लियोनल मेस्सीले गोल गरेर टिमलाई अग्रता दिलाए पनि बार्सिलोनाले त्यसलाई कायम राख्न सकेन । ३२ औँ मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले गोल गरेका हुन् । तर ८९ औँ मिनेटमा पाएको पेनाल्टीमा काडिजका लागि फेर्नान्डेज इग्लेसिसले बराबरी गोल फर्काए ।

बराबरीपछि तेस्रो स्थानको बार्सिलोनाको २३ खेलबाट ४७ अंक भएको छ । दोस्रो स्थानको रियल मड्रिडको २४ खेलबाट ५२ तथा शीर्ष स्थानको एथ्लेटिको मड्रिडको २३ खेलबाट ५५ अंक छ ।

बार्सिलोनालाई बराबरीमा रोक्न सफल काडिज २४ खेलबाट २५ अंकसहित १४ औँ स्थानमा उक्लिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्