त्रिभुवन विमानस्थलबाट पहेँलो धातुसहित एक पक्राउ – Janadesh Daily | ePaper

त्रिभुवन विमानस्थलबाट पहेँलो धातुसहित एक पक्राउ


जनादेश, काठमाडौँ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुन जस्तो देखिने पहेँलो धातुसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका घर भई हाल काठमाडौं महानगरपालिका ३२ पेप्सीकोला बस्ने ४१ वर्षीय मो.मेराज मिकरानी रहेका छन् ।

उनलाई १ सय ५० ग्रामको ३ थान सुन जस्तो देखिने पहेँलो रंगको धातुको बालासहित आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । अन्तर्राष्ट्रिय आगमनतर्फको पार्किङ एरियामा कतार एअरवेयजको उडानद्वारा दोहाबाट आएका यात्रुहरुलाई भन्सार छली गर्न लगाई अवैध रुपमा संकलन गरी उक्त धातु लैजान लागेको अवस्थामा मिकरानीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका मिकारानीमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्