बाइडेन भन्छन् : नेपालसँग सम्बन्ध सुदृढीकरण गर्न चाहन्छौं – Janadesh Daily | ePaper

बाइडेन भन्छन् : नेपालसँग सम्बन्ध सुदृढीकरण गर्न चाहन्छौं


एजेन्सी ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालसँग सम्बन्ध थप सुदृढ गर्न चाहेको बताएका छन् । अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाको ओहोदाको पत्र बुझेपछि पठाएको प्रतिक्रियामा राष्ट्रपति बाइडेनले साझा मुद्दामा नेपाल र अमेरिकाले सहकार्य गर्ने उल्लेख गरेका हुन् ।

कोभिड– १९ का कारण भौतिक भेटमार्फत नभएर अमेरिकी राष्ट्रपतिले विदेशी राजदूतहरूको ओहोदाको प्रमाणपत्र विदेश मन्त्रालयमार्फत बुझ्दै आएका छन् । ओहोदाको प्रमाणपत्र बुझेर राष्ट्रपतिले सम्बन्धित राजदूतलाई पनि कूटनीतिक च्यानलमार्फत जवाफ पठाउने गरेका छन् ।

राष्ट्रपति बाइडेनले एक साताअघि नेपाली राजदूत खतिवडाको ओहोदाको प्रमाणपत्रसँगै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएका सन्देश प्राप्त गरेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्