ओलीका साइवर सेनाको प्रचारपछि एमसिसीबारे झलनाथ खनालले खोले मुख – Janadesh Daily | ePaper

ओलीका साइवर सेनाको प्रचारपछि एमसिसीबारे झलनाथ खनालले खोले मुख


जनादेश, काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता झलनाथ खनालले एमसिसीको नाममा बदनाम गर्न खोजिएपछि कपोल कल्पित समाचारको खण्डन गरेका छन् ।

खनालेको सचिवालयले मिलिनियम च्यालेन्ज करर्पोरेशन ९एमसीसी० संसदबाट पास हुन्छ भनेर कहीँकतै नभनेको बताएको छ । शनिबार नेता खानालका स्वकीय सचिव कृष्ण भट्टराईले एक विज्ञप्ति जारी गर्दै खनाल एमसीसी कार्यदलले बुझाएको प्रतिवेदनअनुरूप परिमार्जन, संशोधनसहित पारित हुनुपर्छ भन्ने अडानमा रहेको स्पष्ट पारेका छन्।

‘केही अनलाइन तथा छापाहरूमा संसदबाट मिलेनियम च्यालेन्ज कम्प्याम्ट अर्थात् एमसीसी पास हुन्छ भन्ने शीर्षक राखी समाचार समप्रेषण गरिएप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ,‘उहाँको अडानलाई विचलित तुल्याउने गरी गरिएको यसप्रकारको हल्ला भ्रामक, कपोकल्पित दुरासयपूर्ण, निराधार पूर्णतस् अफवाहमा आधारित छ।’

अहिलेको संसद् पुनर्स्थापनासँग साइनो पनि नगाँसिएको एमसीसी पास हुन्छ भनेर भ्रम नफिँजाउन सचिवालले आग्रह गरेको छ। यसबारे आमनागरिक, सञ्चार जगत, प्रबुद्ध समुदाय सबैमा भ्रममा नपर्न पनि अनुरोध गरिएको छ।

केही समय यता खनालले एमसीसी संसदबाट पास हुन्छ भनेर खनालले बताएको भन्दै समाचार प्रचारवाजी भैरहेका छन् । केपी ओली पक्षीय साइवर सेनाले यस्तो गरेको आशंका गरिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्