पूर्व डिआइजी कोइराला जेलमुक्त – Janadesh Daily | ePaper

पूर्व डिआइजी कोइराला जेलमुक्त


जनादेश काठमाण्डौ ।

श्रीमती हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व नायब महानिरीक्षक (डिआइजी) रञ्जनप्रसाद कोइराला जेलमुक्त भएका छन् । सर्वाेच्च अदालतको असार १५ गतेको आदेशानुसार आठ वर्ष छ महिना कैद सजाय भुक्तान गरी कोइराला आज जेलमुक्त भएका डिल्लीबजार कारागार कार्यालयका जेलर गणेश आचार्यले जानकारी दिनुभयो । यसअघि उक्त मुद्दामा कोइरालालाई काठमाडौँ जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । त्यसपछि पुनरावेदनको सुनुवाइ गर्दै उच्च अदालत पाटनलेसमेत जिल्ला अदालतको फैसला सदर गरेको थियो । त्यसविरुद्ध प्रतिवादीकातर्फबाट सर्वाेच्चमा पुनरावेदन परेको थियो । उक्त मुद्दामा सुनुवाइ गर्दै सर्वाेच्च अदालतले सजाय घटाउँदै आठवर्ष छ महिना कैद कायम गरेको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितका न्यायाधीशले मुद्दाको सुनुवाइ गर्नुभएको थियो । कोइरालाले विसं २०६८ मा पत्नी गीताको हत्या गरी शव नष्ट गर्ने उद्देश्यले मकवानपुरको पालु्ङमा लगेर जलाएको प्रहरीले जनाएको छ ।

रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्