सिभिल इञ्जिनियरिङका विद्यार्थीहरुले लिए प्रबलीकरणको महत्व सम्बन्धी तालिम – Janadesh Daily | ePaper

सिभिल इञ्जिनियरिङका विद्यार्थीहरुले लिए प्रबलीकरणको महत्व सम्बन्धी तालिम


जनादेश, घोराही दाङ।

राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङमा वि.ई. सिभिल चौथो र छैठो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले वर्तमान समयमा प्रबलीकरणको महत्व सम्बन्धी तालिम लिएकाछन् ।

तालिम कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय भुकम्प प्रविधि समाज नेपालका उप-कार्यकारी निर्देशक डा. रमेश गुरागाईले प्रवलीकरणको महत्व, नेपालको परिपेक्षमा प्रबलीकरण प्रयोग र आवश्यकता, प्रबलिकरण गर्ने तरिका र लागत तथा राष्ट्रिय भुकम्प प्रविधि समाज नेपालले घोराही उप–महानगरपालिमा गरेका स्थानको जानकारी गराउनु भएको थियो ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकायरी निर्देशक एवं राप्ती इञ्जिनियरिङ कलेजका अध्यक्ष डा. शैलेन्द्रले यो तालीमबाट विद्यार्थीहरुले आफ्नो क्षेत्रको ज्ञान र सीपलाई सहि रुपमा प्रयोग गर्न सकेमा निमार्ण लागत कम गर्न र राम्रोसंग प्रबलिकरण गर्न सकिने बताउनु भयो । आधुनिक प्रविधिको प्रयोग गरेर पुराना संरचनाहरुलाई पुनः निमार्ण गर्न सकिने हुँदा सिभिल ईन्जिनियरहरुले पनि काम पाउँन गाह्रो नहुने उहाँले बताउँनु भयो ।

कार्यक्रमको सहजीकरण एकेडेमिक कोर्डिनेटर एवं वि ई. सिभिल विभागिय प्रमुख ई. बाबुराम जोशीले गर्नुभएको थियो । उक्त तालीममा ६० जना विद्यार्थीहरुको सहभागीता रहेको कलेजले जनाएको छ ।

May be an image of one or more people, people standing and outdoors

साथै राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङ र राष्ट्रिय भुकम्प प्रविधि समाज नेपाल बीच ५ बर्षको लागि प्रबलीकरण गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा कलेजको तर्फबाट प्रिन्सिपल रेशम गिरी र राष्ट्रिय भुकम्प प्रविधि समाज नेपालको तर्फबाट उप-कार्यकारी निर्देशक डा. रमेश गुरागाईले हस्ताक्षर गर्नु भएको थियो ।

May be an image of 16 people, people standing, people sitting and indoor

May be an image of 16 people, people standing, people sitting and indoor

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्