प्याब्सन लगाएतका शैक्षिक संस्थाद्वारा तत्काल विद्यालय बन्द नगर्न सुझाव – Janadesh Daily | ePaper

प्याब्सन लगाएतका शैक्षिक संस्थाद्वारा तत्काल विद्यालय बन्द नगर्न सुझाव


काठमाडौँ ।

प्याब्सन, एनप्याब्सन, अभिभावक संघ लगायत सरोकारवालाहरुले तत्काल विद्यालय बन्द नगर्न शिक्षा मन्त्रालयलाई सुझाव दिएका छन् ।

सोमबार बिहान शिक्षा मन्त्रालयमा शिक्षा सचिव रामप्रसाद थपलियासँग भएको छलफलमा प्याब्सनलगाएत सरोकारवालाहरुले तत्काल विद्यालय बन्द नगर्ने तर सावधानीका उपायहरु अपनाउन सुझाव दिएका थिए । कोरोनाको दोस्रो लहर फैलिने क्रम बढेसँगै सरकारले विद्यालय बन्द गर्ने तयारी गरेको थियो । तर, उक्त निर्णयप्रति आपत्ति जनाउँदै आइतबार प्याब्सनले तत्काल विद्यालय बन्द नगर्न सुझाव समेत दिएको थियो ।

आजको छलफलमा उठेका कुराहरुलाई सीसीएमसी हुँदै मन्त्रिपरिषद बैठकसम्म लैजाने शिक्षा सचिव रामप्रसाद थपलियाले बताएका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्