आइपिएल क्रिकेटः बैंगलोरको दोश्रो जित, हैदरावाद फेरिपनि पराजित – Janadesh Daily | ePaper

आइपिएल क्रिकेटः बैंगलोरको दोश्रो जित, हैदरावाद फेरिपनि पराजित


जनादेश स्पोर्ट्स ।

रोयल च्यालेन्जर्स बैंगलोरले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा लगातार दोस्रो जित निकालेको छ । चेन्नईमा बुधबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ६ रनले पराजित गर्दै बैंगलोरले लगातार दोस्रो जित निकालेको हो ।

एमए चिदंबरम स्टेडियममा बैंगलोरले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।

हैदरावादका लागि कप्तान डेभिड वार्नरले ५४ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जिताउन सकेनन् । यस्तै मनिस पाण्डेले ३८ रन जोड्दा राशिद खानले १७ रन बनाए । जोनी बेयर्स्टो १२ रनमा आउट भए ।

बैंगलोरका शाहबाज अहमेदले ३ तथा मोहमद सिराजले २ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।

बैंगलोरका लागि ग्लेन म्याक्सवेलले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान बिराट कोहलीले ३३ रन जोडे । शाहबाज अहमेदले १४ तथा देबदुत पडिकलले ११ रन बनाएर आउट भए ।

केली जेमिसनले १२ रन बनाए ।

हैदरावादका जासन होल्डरले ३ विकेट लिए । राहिद खानले २ तथा भुवनेश्वर कुमार,शाहबाज निदम र टी- नटराजनले एक एक विकेट लिए ।

जितसँगै बैंगलोर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

बैंगलोरले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा बैंगलोरले साविक विजेता मुम्बईलाई २ विकेटले हराएको थियो । हैदरावादको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा हैदरावाद कोलकत्ता नाइट राइडर्ससँग १० रनले पराजित भएको थियो । हैदरावादले २ खेलमा अंक जोड्न सकेको छैन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्