गण्डकीको आइसियु प्रकरणपछि बाबुराम भट्टराईको लेखेः तर देशले हार्नेछ… – Janadesh Daily | ePaper

गण्डकीको आइसियु प्रकरणपछि बाबुराम भट्टराईको लेखेः तर देशले हार्नेछ…


जनादेश सोसल मिडिया वाच ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्ता जोगाउन गरिने सांसद किनबेच र अपहरणले लोकतन्त्र कमजोर हुने बताएका छन्।

गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमा मतदान सुरु हुनै लाग्दा बुधबार राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएको र आयसियुमा भेटिएको सन्दर्भमा नेता भट्टराईले यस्तो टिप्पणी गरेका हुन्।

‘सांसद किनबेच, अपहरण, निष्कासन, अस्पताल भर्ना, संसद बिघटन, स्थगन, अबरोध जस्ता हर्कतले कसैले सत्ता जोगाउला,’ भट्टराईले समाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘तर यसले अन्तत लोकतन्त्र, समाजवाद, संघीयता संविधानले हार्नेछ। अनि देश, राष्ट्रियता, स्वाधीनता, सार्वभौमसत्ताले हार्नेछ। वेलैमा चेतौं, राष्ट्रिय सहमति, एकता कायम गरौं। भोलि धेरै ढिलो हुनेछ!’

बुधबार गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावको छलफलमा अनुपस्थित भएका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही ‘आईसीयू’ मा भेटिएका थिए ।

तर मंगलबार प्रदेश सभामा गरीएको कोरोना परीक्षणमा भने उनको रिपोर्ट नेगेटिभ रहेको थियो । प्रदेश सभामा मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदानको कार्यक्रम अघि उनि विरामी परेका हुन् ।

 

यो पनि हेर्नुस्- 

बागमतीमा पनि अविश्वास प्रस्तावको तयारी, माओवादीलाई साथ दिने नेपाल समूहको संकेत

गण्डकी प्रदेशमा ‘हाइ भोल्टेज ड्रामा’: सत्ता जोगाउन पिसिआरदेखि आइसियुसम्म

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्