जनादेश, काठमाण्डौं । केन्द्रीय तथ्याङ्क विभागले चालु आर्थिक वर्षको आर्थिक वृद्धि ४.०१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको छ ।
वैशाख महिनासम्मको आर्थिक गतिविधिलाई अध्ययन गरेर विभागले चालु आर्थिक वर्षको आर्थिक वृद्धि ४.०१ प्रतिशत हुने अनुमान गरेको हो ।
आर्थिक बर्ष २०७७/७८ को ९ महिनाको कुल गार्हस्थ्य उत्पादन, उपभोग, बचत र लगानीलाई समेटेर राष्ट्रिय लेखासम्वन्धी अनुमानहरू प्रस्तुत गर्दै विभागले अझै यो अनुमान घट्न सक्ने जनाएको छ । यो अनुमान ९ महिनाको तथ्याङ्क समेटेर गरिएको हो, अझै कोभिडको प्रभाव बढ्दैछ, कोरोना फैलियो भने अझ सो अनुमान घट्न पनि सक्छ, विभागले भन्यो ।