अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न सहकारीले दियो १० लाख – Janadesh Daily | ePaper

अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न सहकारीले दियो १० लाख


धनगढी । सुदूरपश्चिममा अक्सिजनको अभावमा कोरोना सङ्क्रमितको मृत्यु बढ्दै गएपछि रोटरी क्लब धनगढीले शुरु गरेको अक्सिजन कन्सन्ट्रेटर खरिद अभियानमा नवजीवन सहकारी संस्था धनगढीले आर्थिक सहयोग गरेको छ । संस्थाले रोटरी क्लबले थालेको अभियानमा रु १० लाख आर्थिक सहयोग गरेको हो ।

संस्थाका अध्यक्ष चक्रबहादुर सिंहले कोरोना सङ्क्रमितको जीवनरक्षाका लागि आर्थिक सहयोग गरिएको बताउनुभयो । कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवनरक्षाका लागि प्रतिघण्टा १० लिटर अक्सिजन प्रदान गर्ने १०० थान अक्सिजन कन्सन्ट्रेटर खरिद गरी अस्पतालहरूलाई वितरण गर्ने क्लबले निर्णय गरेको छ ।

सोही अभियानका लागि क्लबलाई रु एक करोड ३० लाख रकम आवश्यक परेको हुँदा सबैलाई सहयोग गर्न अध्यक्ष तोयराज भट्टले आग्रह गरेअनुसार सहकारीले रकम उपलब्ध गराएको हो । क्लबले सहयोग रकम रोटरी क्लब अफ धनगढीको एभरेष्ट बैंक लिमिटेड धनगढी शाखामा रहेको खाता नं ०११००५०१२२५२३९ मा जम्मा गर्न आग्रह गरेको छ । सम्पर्कका लागि ९८५८४२०२२४, ९८४१६३३०००, ९८५८४२०१६३ र ८५८४२२४२७ मा फोन गर्न सकिने संस्थाले जनाएको छ रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्