स्याङ्जामा भेटियो लोपोन्मुख प्रजातिको अजिङ्गर – Janadesh Daily | ePaper

स्याङ्जामा भेटियो लोपोन्मुख प्रजातिको अजिङ्गर


जनादेश, स्याङजा ।

स्याङ्जाको चापाकोटमा लोपोन्मुख प्रजातिको अजिङ्गर भेटिएको छ। चापकोट—१० , किसानमा अजिङ्गर भेटिएको हो । खेतमा पानी लगाउन गएका स्थानीयले देखेपछी जिल्ला वन कार्यालय र प्रहरीलाई खबर गरेका थिए ।

अजिङगर झण्डै १० फुट लम्बाइ र २५ केजी तौलको रहेको स्थानियले बताए । उक्त अजिङ्गर संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत गरिएको छ। धार्मिक र पर्यावरणीय हिसाबले महत्वपुर्ण मानिने सर्पको ९० प्रजाति नेपालमा पहिचान भएका छन्।

ती प्रजाति मध्य केही विषालु छन् त केही लोपोन्मुख अवस्थामा रहेका छन्। लोपोन्मुख प्रजातिको सर्प अन्तर्गत अजिङ्गरलाई पनि लिन सकिन्छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्