नेप्सेमा नयाँ रेकर्ड कायम, हालसम्मकै सर्वाधिक कारोबार – Janadesh Daily | ePaper

नेप्सेमा नयाँ रेकर्ड कायम, हालसम्मकै सर्वाधिक कारोबार


काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज एकै दिन दुई नयाँ रेकर्ड कायम गरेको छ । आज मंगलबार नेप्सेमा हालसम्मकै सर्वाधिक कारोबार र उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको हो ।

आज नेप्सेमा ११ अर्ब ३५ करोड ९३ लाख बराबरको करोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । त्यस्तै, आज नेप्से हालसम्मकै उच्च विन्दुमा पनि पुगेको छ । आज नेप्से दुई हजार सात सय ९३ दशमलब ८९ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो ।
नेप्सेका अनुसार आज ३४.६८ अंकले नेप्से बढेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्