स्यार्पु तालमा डुबेका युवाको शव चार दिनपछि भेटियो – Janadesh Daily | ePaper

स्यार्पु तालमा डुबेका युवाको शव चार दिनपछि भेटियो


जनादेश रुकुम ।

रुकुम पश्चिको बाँफिकोटमा रहेको स्यार्पु तालमा साउन ७ गते डुबेका एक युवकको शव चार दिनपछि भेटिएको छ ।

बाँफिकोट गाउँपालिका–५, वडगाउँका २० वर्षीय अनिल घर्तीको शव आज दिउँसो १ बजेतिर स्थानीयले तालमै भेटाएका हुन ।

बाँफिकोट गाउँपालिकाको ३ र ५ नम्बर वडामा फैलिएको त्यस तालको ५ नम्बर वडातर्फको क्षेत्रमा शव भेटिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिनुभयो ।

साउन ७ गते माछा मार्न गएका घर्ती दिउँसो १ बजेतिर स्यार्पुतालमा डुबेका थिए । उनलाई बचाउन गएका वडगाउँकै २३ वर्षीय लोकबहादुर घर्तीको ज्यान गएको थियो । लोकबहादुरको शव भने त्यही दिन फेला परेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्