लकडाउनका कारण सडकको ३९ प्रतिशत बजेट खर्च हुन सकेन – Janadesh Daily | ePaper

लकडाउनका कारण सडकको ३९ प्रतिशत बजेट खर्च हुन सकेन


चन्द्रप्रकाश नेपाली

सडक डिभिजन कार्यालय दाङका प्रमुखलाई ...

घोराही। कोरोना भाईरसको संक्रमण फैलन नदिनका लागी गरिएको लकडाउनका कारण दाङमा सडक निर्माणको कार्यप्रगति न्युन भएको छ । सडक डिभिजन कार्यालय दाङका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा कुल एक अर्व २८ करोड ३१ लाख रुपैया बजेट विनियोजन भएको हो ।

कुल बिनियोजित मध्ये ६१ प्रतिशत रकम खर्च भएको छ । बिनियोजित मध्ये ७९ करोड ३६ लाख १६ हजार रुपैया मात्र खर्च भएका हो ।
गत आर्थिक वर्ष २०७६/०७७ मा बिनियोजित मध्ये ३९ प्रतिशत रकम अर्थात ४८ करोड ९४ लाख ८२ हजार रुपैया खर्च हुन नसकेको कार्यालय सुचना अधिकृत खुमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

यस्तै सरकारले चैत ११ गते लकडाउन शुरु हुनुभन्दा पछि म्याद सकिएका सबै आयोजनाहरुलाई ६ महिना ठेक्का समय थप गरेको छ भने लकडाउनभन्दा पहिले सम्झौता समय सकिएका तर काम पुरा नभएकाको हकमा भने कुनै निर्णय भएको छैन् ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्