बाढीको उच्च जोखिममा दलित बस्ती – Janadesh Daily | ePaper

बाढीको उच्च जोखिममा दलित बस्ती


तौलिहवा।

वर्षायाम शुरु भई खोलामा बाढी आउन थालेपछि हरिकला परियारको मनमा कतै बाढी र डुबानमा परेर अकालमै ज्यान जाने त होइन भन्ने डरत्रास पैदा हुन्छ ।

कपिलवस्तु नगरपालिका–९ कुस्मामा चार घर रहेको दलित बस्ती बाढीको उच्च जोखिम छ । खोला किनारमै घर हुँदा हरिकला जस्तै सबैलाई वर्षायाममा राति निन्द्रा लाग्दैन ।

“गत वर्ष राति सुतिरहेको बेला बाढीले घर डुबायो, अन्नपात गाईवस्तु बगायो”, हरिकलाका श्रीमान् टीकाबहादुरले भन्नुभयो, “हामीले मजदुरी गरेर दुःखले बनाएको घर बाढीले कतिबेला भत्काउला भन्ने डर छ, किसानलाई पानी नपरी नहुने तर हामीलाई पानी परे खान बस्नसमेत चिन्ता हुन्छ ।”

जनताको सबैभन्दा नजिकको स्थानीय सरकारबाट कहिल्यै समस्या हुँदा कुनै राहत महसुस गर्न नसकेको ओमबहादुर सुनारले बताउनुभयो । “गाउँमा बिजुलीका पोल नहुँदा वर्षौँदेखि टुकीको भरमा बस्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो ।

कपिलवस्तु–९ का वडाध्यक्ष शिवबहादुर वाग्लेले बिजुलीका पोलको लागि तत्काल आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कपिलवस्तुको मायादेवी गाउँपालिकाको भारतीय सीमा क्षेत्रमा भारतâारा एकतर्फीरूपमा बनाइएको बझाहा बाँधका कारण किसान फेरि समस्यामा परेका छन् ।

बाँधका कारण झण्डै ३०० बिघा खेतीयोग्य जमीन डुबानमा परेको छ । मायादेवी–४ को सीमा क्षेत्रमा भारतले बाँध बनाएको र सोही बाँधका कारण त्यस क्षेत्रका किसानहरु समस्यामा परेका हुन् । बाँधका कारण वडा नं ४ को तुल्सीडिहवा, गौरा, सिसहनिया र सिहोरवा गाउँको खेतीयोग्य जमीन डुबानमा परेको हो ।

भारतीय पक्षले हिउँदमा बाँधको ढोका खोल्ने र वर्षायाममा बन्द गर्ने गरेको कारण आफूहरु समस्यामा परेको किसान लालमोहर यादवले गुनासो गर्नुभयो । सीमा क्षेत्रको भारतीय भूभागमा पर्ने बाँधको ढोका बन्द गरिँदा सीमा क्षेत्रको ४७ नम्बरको सीमा स्तम्भसमेत पानीमा डुबेको छ ।

हजार हेक्टर क्षेत्रमा फैलिएको तालको आधा भाग नेपाल र आधा भारततर्फ पर्ने गरेको छ । बझाहा क्षेत्रमा भारतले १० किलोमिटर क्षेत्र वरिपरि बाँध बनाएको छ । बाँधमा रहेका अठ्ठाइस वटा ढोका बन्द गरिँदा नेपालमा समस्या देखिँदै आएको हो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्