मास्क नलगाई घरबाहिर निस्कनेलाई कारबाही गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पुनः निर्देशन – Janadesh Daily | ePaper

मास्क नलगाई घरबाहिर निस्कनेलाई कारबाही गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पुनः निर्देशन


जनादेश संवाददाता,

काठमाडौ । सरकारले घरबाहिर निस्कँदा मास्क नलगाउनेलाई कारबाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले कोरोना संक्रमण फैलिन नदिन भन्दै मास्क नलगाई घरबाहिर निस्कनेलाई कारबाही गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पुनः निर्देशन दिएको हो ।

लकडाउन खुलेसँगै जोखिम बढ्न सक्नेतर्फ सचेत रहेर नागरिकलाई मास्क लगाएर मात्र हिँडडुल गर्न आग्रह गरिएको र अटेर गर्नेलाई कारबाही गर्न निर्देशन दिएको गृह मन्त्रालयका सहायक प्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिनुभयो । लकडाउन खुलेपछि बजारमा भिडभाड र चहलपहल बढ्न थालेको छ ।
भिडभाडमा मास्क नलगाई हिँड्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो ।

यसअघि सरकारले गएको असार २२ गते मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्