विदेशबाट फर्केका युवा मिलेर तरकारी खेती – Janadesh Daily | ePaper

विदेशबाट फर्केका युवा मिलेर तरकारी खेती


जनादेशसंवाददाता,

Start Organic Vegetable Farming [Guide to Success] - Farming Method
पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकामा विदेशबाट फर्केका तीन युवा मिलेर तरकारी खेती गरेका छन् ।

बगनासकाली गाउँपालिका–६ यम्घाका उनीहरुले २० रोपनी जग्गा भाडामा लिई तरकारी खेती गरेका हुन् । पाल्पाको ओमप्रकाश बस्यालले करीब दश वर्ष साउदी अरबमा बिताउनुभयो ।

लामो समयसम्म विदेशमा काम गर्नुभएका बस्याल अहिले गाउँ फर्केर तरकारी खेतीमा रमाउनु भएको छ । आफूसहित तीनजना साथीको सहकार्यमा तरकारी खेतीमा लाग्नुभएको छ । समूहमा तरकारी खेती गर्दा विदेशमा पाएको दुःख भुल्दै गएको दीपकप्रसाद बस्याल बताउनुहुन्छ ।

युवाले तीन वर्षअघि रु दुई/दुई लाख रकम उठाएर तरकारी खेती शुरु गरेको बताएका छन् । अहिले वर्षमा करीब रु पाँच÷छ लाख बराबरको आम्दानी हुने गरेको भीमप्रसाद बस्यालले बताउनुभयो ।

वार्षिक रु १५ लाख बराबरको कमाई गर्ने लक्ष्य रहे पनि शुरुआती चरणमा पनि तरकारी खेतीबाट राम्रै आम्दानी भएको उहाँ बताउनुहुन्छ । यहाँ उत्पादन भएको तरकारी पाल्पा सदरमुकाम तानसेन, बुटवल बजारमा खपत भइरहेको छ ।

विदेशबाट गाउँ फर्केका धेरैजसो युवाले कृषि व्यवसायमा आबद्ध रहेको बगनासकाली कृषि शाखाप्रमुख राजेश बोहरा बताउनुहुन्छ । गाउँपालिकाले व्यवसायमा लागेका युवालाई प्रोत्साहनस्वरुप अनुदानका कार्यक्रम चलाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्