जल्दै गरेको शब बाढीले बगायो – Janadesh Daily | ePaper

जल्दै गरेको शब बाढीले बगायो


चन्द्रप्रकाश नेपाली

घोराही । दाङमा जलाउँदै गरेको शव बाढीले बगाएको छ ।

बबई गाउँपालिका वडा नम्ब ५ ट्वाङखोलामा दाहसंस्कार गर्ने क्रममा बाढीले बबई गाउँपालिका वडा नम्बर २ निवासी ७४ बर्षीय धर्मी खत्रीको शव बगाएको हो ।

शब आधा जलि सकेको अबस्थामा एक्कासी आएको बाढीले बगाएको र भेटाउन नसकिएको बबई २ का वडा अध्यक्ष चिन्तामणि शर्माले जानकारी दिनुभयो ।
सो घाटमा शब दाह गृह एउटा रहेको र एकै पटक दुई जनाको शब आए पछि खोला किनारमा जलाउदै गर्दा बाढी बगाएको अध्यक्ष शर्माको भनाई छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्