वाँणगंगा नगरपालिका नेपालको उत्कृष्ट नगरपालिका घोषणा – Janadesh Daily | ePaper

वाँणगंगा नगरपालिका नेपालको उत्कृष्ट नगरपालिका घोषणा


जनादेशसंवाददाता,

कपिलवस्तु । कपिलवस्तुको वाँणगंगा नगरपालिकालाई नेपालको उत्कृष्ट नगरपालिका घोषणा गरिएको छ ।

कपिलबस्तुको बाणगंगा नगरपालिकाको ...

नेपाल नगरपालिका संघले कपिलवस्तुको वाँणगंगा सहित तीन नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा गरेको हो ।

वाँणगंगा नगरपालिका सुशासन र सेवा प्रवाह तर्फ उत्कृष्ट भएको नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले जानकारी दिनुभयो । नेपाल नगरपालिका संघले विभिन्न सूचंकहरुका आधारमा विज्ञहरुको सिफारिस अनुसार हरेक वर्ष उत्कृष्ट नगरपालिका घोषणा गर्दै आएको छ । सोही आधारमा रहेर ३ नगरपालीकालाई उत्कृष्ट नगरपालिका घोषणा गरिएको हो ।

त्यस्तै पर्वतको फलेवास र धादिङको नीलकण्ठ नगरपालिकालाई पनि नेपालको उत्कृष्ट नगरपालिका घोषणा गरिएको छ । फलेबास नगरपालिका स्रोत परिचालन र वित्तीय व्यवस्थापन तर्फ र नीलकण्ठ नगरपालिका योजना, वातावरण र संकटापन्नता तर्फ उत्कृष्ट भएको अध्यक्ष व्याञ्जुले जानकारी दिनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्