पहिरोमामा पुरिएर आमाछोरीको मृत्यु – Janadesh Daily | ePaper

पहिरोमामा पुरिएर आमाछोरीको मृत्यु


घोराही ।

दाङमा पहिराले पुरिएर आमाछोरीको मृत्यु भएको छ । बङ्गलाचुली गाउँपालिका–५ साकिने भन्ने स्थानमा आज बिहान करीब ३ः०० बजे घरमाथि बाट खसेको पहिराले घर पुरिँदा उनीहरुको मृत्यु भएको गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिनुभयो ।

घरमाथि बाट खसेको पहिराले पुर्दा साकिनेकी २४ वर्षीया बाटुली नेपाली र उहाँकी दुई वर्षीया छोरी आयुष्माको मृत्यु भएको गाउँपालिका अध्यक्ष वलीले पुष्टि गर्नुभएको छ । घरमा रहेका पाँच जनामध्ये अन्य तीन जना भने सकुशल छन् । सो घरमा मृतक बाटुकीका सासूससुरा र जेठाजु बस्दै आउनुभएको थियो । मृतकका श्रीमान्को केही समयअघि मृत्यु भइसकेको बताइएको छ ।

घोराही बजारबाट करीब ३७ किलोमिटर पूर्व उत्तरमा सो घटना भएको हो । बङ्गलाचुली गाउँपालिका पहाडी भेग भएकाले सो स्थानका अधिकांश बस्ती अहिले पनि पहिराको उच्च जोखिममा छन् । केही दिनयताको लगातारको वर्षात्का कारण बङ्गलाचुलीका अधिकांश स्थानका बस्ती पहिराको उच्च जोखिममा परेका हुन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्