मैदानको रेखदेख गर्ने कर्मचारीले समयमा पारिश्रमिक पाउनुभएको रहेनछः लामिछाने – Janadesh Daily | ePaper

मैदानको रेखदेख गर्ने कर्मचारीले समयमा पारिश्रमिक पाउनुभएको रहेनछः लामिछाने


काठमाण्डौ ,


राष्ट्रिय क्रिकेट टोलीका सदस्य लामिछानेले त्रिवि क्रिकेट मैदानमा कार्यरत कर्मचारीलाई रु एक लाख सहयोग गर्ने घोषणा गरेकाछन् । सिपिएल खेल्न ट्रिनिडाड एण्ड टोबागो उड्नुअघि आज त्रिवि क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त सहयोगको घोषणा गरेकाछन् ।

“कोरोना भाइरसको महामारीका बीच पनि उहाँहरुले निकै मेहनत गरी मैदानलाई खेल्न लायक बनाउनुभयो”, लामिछानेले भन्नुभयो, “यसरी मैदान तयार नगरेको भए हामी खेल्नसक्ने थिएनौँ ।” कोरोना महामारीमा कर्मचारी पीडामा बाँचिरहेको र आफ्नोतर्फबाट सकेको सहयोग गर्न पाएकामा खुशी लागेको लामिछानेले बताएकाछन् ।

“मैदानको रेखदेख गर्ने कर्मचारीले समयमा पारिश्रमिक पाउनुभएको रहेनछ”, उहाँले भन्नुभयो, “मैले सानो सहयोग गर्न खोजेको छु ।” मैदानमा दिनरात खटिने कर्मचारीलाई भविष्यमा पनि आफ्नो सक्दो सहयोग जारी रहने उहाँको भनाइ थियो । हाल त्रिवि मैदानमा १४ कर्मचारी काम गर्दै आएका छन् । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्