चीनमा कोरोनाविरुद्धको पूर्ण खोप लगाउने संख्या १ अर्ब नाघेको छ । राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार सेप्टेम्बर १५ तारिख सम्म १ अर्ब १ करोड नागरिकलाई पुर्ण खोप अर्थात २ अर्ब १६ करोड मात्रा खोप बितरण भएको छ ।
चीनले निश्क्रिय खोप सिनोफार्मलाई आम प्रयोगका लागि अनुमति दिएको १० महिना पछि १ अर्ब ४१ करोड जनसंख्या मध्ये ७० प्रतिसत पुर्ण खोप पाएका हुन् । जुन अमेरिका र युरोपेली मुलुकको भन्दा धेरै हो । अमेरिकामा अहिले सम्म ५४ र युरोपेली मुलुकमा ६२ प्रतिसत भन्दा बढीले पुर्ण खोप पाएका छन् । चीनको शहरी इलाकामा खोप दर उच्च र ग्रामिण क्षेत्रमा कम रहेको बताइन्छ । राजधानी बेइजीङमा ९७ प्रतिसत वयश्कले पुर्ण खोप पाएका छन् भने तियान्जीनमा ८० र साङघाईमा ८० प्रतिसत भन्दा बढीलाई पुर्ण खोप दिइएको छ ।
तियान्जीनमा १२ वर्ष माथिका ८० प्रतिसतले पुर्ण खोप पाएका छन् । यसैगरी चीनले विश्वभर ५ अर्ब १८ करोड मात्रा खोप बितरण गरेको छ । यसैबीच पछिल्लो समय केहि शहरमा डेल्टा भेरियन्ट सहितको संक्रमण बढेको छ । दक्षिणी शहर पुटीयानमा संक्रमित बढेपछि त्यहाँको प्रशासनले विद्यालय बन्द गर्न निर्देशन दिएको छ भने सवै विद्यार्थी र शिक्षकलाई अनिवार्य नमूना परीक्षण गर्न भनेको छ ।
सन् २ हजार १९को अन्त्यमा वुहान शहरबाट फैलिएको कोरोना संक्रमणबाट चीन भित्र ४ हजार ६ सय ३६ जनाको ज्यान गएको छ भने ९५ हजार ४ सय भन्दा बढी संक्रमित भइसकेका छन् । यस्तै विश्वभर ४६ लाख ७६ हजार भन्दा बढीको कोरोनाका कारण ज्यान गएको छ भने २२ करोड ७३ लाख भन्दा बढी संक्रमित भएका छन् ।