दाङका ३ जनामा आज संक्रमण पुष्टि – Janadesh Daily | ePaper

दाङका ३ जनामा आज संक्रमण पुष्टि


चन्द्रप्रकाश नेपाली,

घोराही। बाँकेको नेपालगन्ज भेरी अस्पतालमा १ हजार ८८ जनाको स्वाब परिक्षण गर्दा आज दाङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर २ र गढवा गाउँपालिका वडा नम्बर ४ का दुई जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।

यस्तै त्रिभुवन विश्व विद्यालय शिक्षण आस्पताल महाजगञ्ज काठमाण्डौमा स्वाब परिक्षणका क्रममा दाङका एक जनामा संक्रमण पुष्टि भएको डा.गौतमको भनाई छ । ती व्यक्तिको ठेगाना भने खुल्न सकेको छैन । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय ४५ पुगेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्