अझै पत्ता लागेन निर्मलाको हत्याराः प्रहरी उपरीक्षकसहित ८ प्रहरीलाई सफाइ – Janadesh Daily | ePaper

अझै पत्ता लागेन निर्मलाको हत्याराः प्रहरी उपरीक्षकसहित ८ प्रहरीलाई सफाइ


जनादेश संवाददाता,

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा सार्वजनिक न्याय विरुद्धको कसुर र यातना मुद्दा खेपेका प्रहरी उपरीक्षकसहित आठ जना प्रहरीले आज सफाइ पाएका छन् ।

निर्मला पन्त बलात्कार-हत्या ...

जिल्ला अदालत कञ्चनपुरका न्यायधीश गोपालप्रसाद बाँस्तोलाको एकल इजलासले तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्लीराज विष्ट (हाल बर्खास्त) सहित आरोपित आठ प्रहरी अधिकृत तथा कर्मचारीलाई सफाइ दिएको हो ।

मुद्दा दर्ता भएका मध्ये प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक भट्टलाई सरकारले सेवाबाटै बर्खास्त गरेको छ भने अन्य छ प्रहरी कर्मचारी निलम्बन परेका छन् ।

अदालतमा सो मुद्दामा थुनचेक बहस हुँदा प्रहरी कर्मचारीहरु धरौटीमा रिहा भएका थिए । निर्मला हत्या प्रकरणको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको, प्रमाण नष्ट गरेको लगायतका विषय सरकारले नै गठन गरेको उच्चस्तरीय समितिले प्रतिवेदनमा औँल्याइएको थियो ।

अझैसम्म पनि प्रहरीले निर्मला पन्तको हत्यारा पत्ता लगाउन सकेकोछैन् । यो विषय प्रहरी प्रशासनको लागी गलपासो जस्तै भएकोछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्