विधेयक सर्वसम्मतिले पारित – Janadesh Daily | ePaper

विधेयक सर्वसम्मतिले पारित


खस्यौली,

प्रदेश नं ५ को प्रदेशसभाको चालू ...

प्रदेश नं ५ को प्रदेशसभाले आज प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले प्रदेशसभासमक्ष विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरेपछि सभामुख पूर्णबहादुर घर्तीले निणर्याथ प्रस्तुत गर्दै पारित भएको घोषणा गर्नुभयो । यसअघि शून्य समय र विशेष समयमा प्रदेशसभाका सदस्यले बाढी, पहिरो र नदी कटानबाट जनधनको क्षति हुन नदिन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रदेशसभाका सदस्य तारा जिसीले शून्य समयमा बाढी र पहिराले पु¥याएको जनधनको क्षति रोक्न प्रदेश सरकारको पूर्वतयारी र दीर्घकालीन समाधानको खोजी नभएको आरोप लगाउँदै बस्ती स्थानान्तरण नहुँदा समस्या देखिएको बताउनुभयो । प्रदेशसभा सदस्य रामजी घिमिरेले अविरल वर्षाका कारण सडकका संरचनामा क्षति पुगेको उल्लेख गर्दै प्रदेश सडक आयोजनामा रु पाँच लाख बजेट कम भएको बताउनुभयो ।

प्रदेशसभाको विशेष समयमा प्रदेशसभाका सदस्य दीपा विकले रुपन्देहीमा दानव नदीले १५० घर विस्थापित भएको जानकारी दिँदै बाढी, पहिरोले विस्थापित बढाएको उल्लेख गर्नुभयो ।

प्रदेशसभाका सदस्य इन्द्र खरेलले किसानलाई मलको अभाव हुँदा उत्पादन घट्ने चिन्ता व्यक्त गर्दै मलको व्यवस्थापन गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो । प्रदेशसभाका सदस्य कूलप्रसाद पोखरेलले, अमरबहादुर डाँगी, सन्तोष पाण्डे लगायतले फरकफरक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्