व्यवस्थापन समितिलाई भूमिका दिन माग – Janadesh Daily | ePaper

व्यवस्थापन समितिलाई भूमिका दिन माग


काठमाडौँ,
सामुदायिक विद्यालय सुधारको ...
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले कोरोना महामारी र बन्दाबन्दीका कारण बन्द विद्यालय सञ्चालनको कार्यविधिमा व्यवस्थापन समितिको भूमिका स्पष्ट गर्न माग गरेको छ ।
सो महासङ्घका अध्यक्ष कृष्ण थापाले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतको शिक्षा विकास तथा मानव स्रोत केन्द्रलाई कार्यढाँचाबारे सुझाव दिँदै विद्यालय पुनः सञ्चालनका लागि स्थानीय सरकार र व्यवस्थापन समितिको सक्रिय भूमिका हुनुपर्ने आग्रह गरेको हो ।
विद्यालय पुनः सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ को मस्यौदामा सामुदायिक विद्यालयको प्रतिनिधिमूलक छाता सङ्गठनको अगुवाइमा विद्यालय व्यवस्थापन समिति सक्रियता बढाइ विद्यार्थी, शिक्षक र कर्मचारीको स्वास्थ्य सुरक्षाको विधि अपनाउने गरी प्रबन्ध नगरिएकामा महासङ्घले ध्यानाकर्षण गराएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
महासङ्घले विद्यालय खोल्नुपूर्व अभिभावको परामर्शमा हाल विद्यालयमा स्थापना गरिएका क्वारेन्टिन र आइसोलेसनकक्ष निर्मलीकरण गर्ने, विद्यार्थी र शिक्षकको सुरक्षाको वैकल्पिक योजना र बजेटको व्यवस्था गर्ने, मनोसामाजिक सत्रहरु सञ्चालन गर्ने, विद्यालयमा स्यानिटाइजर र मास्कको व्यवस्था गर्दै प्राथमिक उपचारकक्ष स्थापनासमेत गराउन सुझाव दिएको छ ।
ती सबै कार्य भएको एक सातापछि मात्रै विद्यालय खोल्न सुझाव दिइएको छ ।सरकारले आगामी भदौ ४ देखि विद्यालयमा भर्ना र भदौ १५ देखि कक्षा सञ्चालनको तयारी गरेको छ । रासस
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्