प्रेस काउन्सिल नेपालका सदस्यसचिवलाई स्वागत    – Janadesh Daily | ePaper

प्रेस काउन्सिल नेपालका सदस्यसचिवलाई स्वागत   


काठमाडौँ,


प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सदस्यसचिव किरणराज शर्मालाई स्वागत गर्नुभएको छ ।

हिजो यहाँ आयोजित एक कार्यक्रमबीच काउन्सिलका सदस्यसचिव शर्मालाई कार्यवाहक अध्यक्षले स्वागत गर्नुभएको हो ।

उमेर हदका कारण प्रेस काउन्सिल सदस्यसचिव लेखनाथ शर्माले २०७७ साउन १३ गतेदेखि अनिवार्य अवकाश लिनुभएपछि, सूचना तथा प्रसारण विभागको महानिर्देशकको नयाँ जिम्मेवारीमा सहसचिव शर्मा आउनुभएको हो ।

प्रेस काउन्सिल ऐन, २०४८ ले काउन्सिलको सदस्यसचिवका रुपमा विभागका महानिर्देशकलाई तोकेको छ । उहाँ यसअघि गण्डकी प्रदेशअन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

कार्यवाहक अध्यक्ष श्रेष्ठले शर्मालाई स्वागत गर्नुहुँदै काउन्सिलको कामकारवाही, क्षेत्राधिकार तथा  गतिविधि र सदस्यसचिवका रुपमा उहाँका जिम्मेवारीबारे जानकारी गराउनुभएको थियो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्