संसदीय समितिले टेलिकमलाई फोरजी विस्तारमा भएको ढिलाइबारे सोध्यो स्पष्टीकरण – Janadesh Daily | ePaper

संसदीय समितिले टेलिकमलाई फोरजी विस्तारमा भएको ढिलाइबारे सोध्यो स्पष्टीकरण


जनादेश संवाददाता,

काठमाण्डौ । सरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलीकमको फोरजी सेवा विस्तारमा भएको ढिलाइको कारण स्पष्ट गर्न संसदीय समितिले निर्देशन दिएको छ ।

796 Nepal Telecom employees to get golden handshake

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकले टेलिकमको फोरजी सेवा विस्तारमा भएको ढिलाइको कारण सात दिनभित्र लिखित रूपमा समितिमा पेश गर्न निर्देशन सरकारलाई निर्देशन दिएको हो ।

बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडा, मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीसँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो ।

समितिकी सभापति कल्याणीकुमारी खड्काले फोरजी सेवा विस्तार निर्धारित समयभित्र गुणस्तरयक्त रूपमा सम्मन हुन नसक्नुको कारण सात दिन भित्र लिखित रूपमा पेश गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय गरएको जानकारी दिइन् ।

टेलिकमले विभिन्न बहनाबाजी गर्दै फोरजी विस्तारमा ढिलाइ गर्दा जनताले मोबाइल इन्टरनेटमा नयाँ प्रविधिको प्रयोग गर्न पाएका छैनन् भने टेलिकमको आम्दानी र नाफा पनि घट्न पुगेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्