नेकपा अध्यक्षद्वयबीच बालुवाटारमा छलफल – Janadesh Daily | ePaper

नेकपा अध्यक्षद्वयबीच बालुवाटारमा छलफल


जनादेश, काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार भेटवार्ता भएको छ । बिहान करिब १० बजेदेखि सुरु भएको छलफल झन्डै तीन घण्टा चलेको छ ।

छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र सुवास नेम्वाङ पनि सहभागी थिए । केही समय यता पार्टी भित्र बढेको विवादबीच आज भएको छलफलले केही निष्कर्ष नगरेको जनाइएको छ । छलफलमा सहभागी नेताका अनुसार आजका भेटलाई छलफलको सुरुवातका रुपमा लिन सुझाएका छन् । गत साउन १३ गते बोलाइएको बैठक ओलीले एकलौटी स्थगित गरिदिएपछि प्रचण्ड र माधवकुमार नेपाल पक्षका नेताहरुको बैठक बसेको थियो । बैठकले ओलीसँग छलफल गरेर छिट्टै बैठक राख्ने पहलकदमी गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो । बहुमत सदस्यको बैठकअघि पनि प्रचण्ड र खनाल ओलीलाई बैठकमा उपस्थितिको लागि अनुरोध गर्न गएका थिए। तर, ओलीले अस्वीकार गरेका थिए।

गत असार १० गतेदेखि जारी नेकपाको स्थायी कमिटी बैठक पटकपटक स्थगित हुँदै आएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्