सत्तारुढ पाँचदल मुलुकको स्वाधिनता र संविधानको रक्षाका लागि दृढतापूर्वक अघि बढिरहेको छ: पूर्व सभामुख महरा – Janadesh Daily | ePaper

सत्तारुढ पाँचदल मुलुकको स्वाधिनता र संविधानको रक्षाका लागि दृढतापूर्वक अघि बढिरहेको छ: पूर्व सभामुख महरा


जनादेश, दाङ । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व सभामुख कृष्णबहादुर महराले सत्तारुढ पाँच दसलय गठबन्धन आगामी निर्वाचनसम्म नटुट्ने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ को कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि महराले यस्तो बताउनुभएको हो ।

प्रतिक्रियावादी शक्तिहरुले गठबन्धनलाई भत्काएर मुलुकको स्वाधिनता माथि हात हाल्न खोजिरहेको आरोप लगाउनुभयो । गठबन्धन माथिको त्यो षडयन्त्र परास्त गर्दै सत्तारुढ पाँचदल मुलुकको स्वाधिनता र संविधानको रक्षाका लागि दृढतापूर्वक अघि बढिरहेको उहाँको भनाई थियो ।

वडा कमिटिका अध्यक्ष लोकबहादुर बहकरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि महराले एमसीसी पास गर्न प्रतिगमनकारी शक्तिले सत्ता गठबन्धन टुटाउने र फुटाउने अनेकौं षडयन्त्र रचेकाले त्यो प्रतिगमनकारीहरुको षडयन्त्र कदापी सफल नहुने उहाँको भनाई थियो । ‘यो गठबन्धन सत्ताका लागि होईन । मुलुकको स्वाधिनता र संविधानको रक्षाका लागि हो ।’ उहाँले भन्नुभयो– ‘प्रतिगमनकारी शक्तिहरुले षडयन्त्र पूर्वक भ्रम पैदा गर्दै जनता निशारा पार्ने खेलमा लागेका छन् ।’ तर जनताले त्यो भ्रमलाई चिर्दै समाजवाद उन्मुख राज्य व्यवस्था निर्माणका अग्रसर बन्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि महराले मुलुक विकास र समृद्धिको यात्रामा तिव्रताका साथ अघि बढेको विश्वास समेत व्यक्त गर्नुभयो । राज्य पुर्नः संरचनाको अधिकारसँगै मुलुकले विकास र समृद्धिको रुपमा समेत परिवर्तन गरी मुलुक नयाँ गतिमा लगेको बताउनुभयो । जसका कारण मुलुकमा जनता परिवर्तन अनुभुती गर्न पाइरहेको र विकास लहर जनताको घरदैलोसम्म पुगेको उहाँको भनाई थियो । उक्त अवसरमा प्रमुख अतिथि महराले नेकपा माओवादी केन्द्र राष्ट्रिय महाधिवेशन पश्चात्त जनता माझ जाने नयाँ योजना र संरचना सहित जान थालेकाले जनता जनलहर पुनः माओवादीप्रति जन लहर उत्साह बढ्दै गइरहेको विश्वास समेत व्यक्त गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका लुम्विनी प्रदेशका सदस्य रामबहादुर दहितले जनताको न्याय र स्वतन्त्राको अधिकार स्थापित गर्न माओवादी आन्दोलन अघि बढेको थियो । जुन आन्दोलनले केही उपलब्धीहरु प््राप्त गरेको छ । तर अझै पर्याप्त उप्लब्धी पाउन सकेको छैन । अब पुनः पार्टी ति उपलब्धी प्राप्त गर्नका लागि नयाँ योजना सहित अघि बढ्नुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा पार्टीका नेता शेसुराम भण्डारी , धनबहादुर नकाल लगायतकाले बोल्नु भएको थियो । पार्टीका सह–सचिव गिरिराज नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव डिल्ली बहादुर ददेल गर्नुभएको थियो ।

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व सभामुख कृष्णबहादुर महराले बिहिवार तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ मा समेत मतदाता भेटघाट गर्नुभएको छ । स्थानीय पार्टीको आयोजनामा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्