पेट्रोल भर्न लाइन नबस्नुस्, पेट्रोलियम आपूर्ति रोक्ने भनेका व्यवसायीको आन्दोलन स्थगित – Janadesh Daily | ePaper

पेट्रोल भर्न लाइन नबस्नुस्, पेट्रोलियम आपूर्ति रोक्ने भनेका व्यवसायीको आन्दोलन स्थगित


जनादेश वाच।

पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधान हुने भएको छ। आन्दोलनमा उत्रिएका व्यवसायी र आयल निगमबीच सहमति भएपछि इन्धनको आपूर्तिमा भइरहेको समस्या समाधान हुने भएको छ।

शनिबार नेपाल आयलग निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल एलपी ग्यास उद्योग संघ तथा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका प्रतिनिधिबीच वार्ता भएको थियो।

वार्ताको क्रममा व्यवसायीहरुले उठाएका मागहरुमध्ये पेट्रोलियम बिक्रेता कमिसनसम्बन्धी र ग्यासको ढुवानी भाडा समायोजनको सम्बन्धमा ७ दिन भित्र उचित निष्कर्ष निकाल्ने सहमति भएको आयल निगमका प्रवक्ता बिनित मणि उपाध्यायले जानकारी दिए। यस्तै, पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेठ सम्ममा सक्ने गरी आवश्यक कार्य गर्ने सहमति भएको जनाइएको छ।

सहमतिपछि आन्दोलनरत व्यवसायीहरु सबै विरोधका कार्यक्रमहरू आज (शनिबार) देखि स्थगन गरी पेट्रोलियम पदार्थ, एलपी ग्यासको ढुवानी तथा बिक्री वितरणको कार्यलाई यथावत् रूपमा सञ्चालन गर्न तयार भएका छन्।

पेट्रोलियम पदार्थका उपभोक्ताहरूलाई सहज र सरल ढंगले पेट्रोलियम पदार्थ उपलब्ध गराउन निगमका सम्पूर्ण डिपो कार्यालयहरू भोलि (आइतबार) बिहान ८ बजेबाट नै सञ्चालन गरिने जनाइएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्