डा. रामदेव पण्डित, (आयुर्वेद चिकित्सक) |
अहिले गृष्म र वर्षा ऋतुको समय हो । आयुर्वेदको मान्यता अनुसार यस ऋतुमा मान्छेको शरीरबल र मनोबल निकै कमजोर हुन्छ । सामान्य जीवनशैलीमा थोरै मात्र हेरफेर हुँदा पनि त्यसलाई शरीरको कमजोर बलले सन्तुलन गर्न सक्दैन र शरीरमा गडबडी भई रोग देखिन्छ ।
कमजोर बल भएको यस अवस्थामा बालबालिकाहरू रोगप्रति थप संवेदनशील हुन्छन् । त्यसैले अनेक कारणले यस ऋतुमा ठूला मानिस तथा साना बालबालिकाहरू पनि अन्य समय भन्दा बढी बिरामी हुने गर्दछन् ।