झाडिमा फालेको अवस्थामा नवजात शिशुको जीवितै उद्दार – Janadesh Daily | ePaper

झाडिमा फालेको अवस्थामा नवजात शिशुको जीवितै उद्दार


जनादेश, काठमाडौं ।

प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित पेप्सिकोलाबाट नवजात शिशुको जीवितै उद्दार गरेको छ ।

कपडाले बेरेर झाडीमा फालेको अवस्थामा फेला परेको शिशुलाई पेप्सीकोलामा रहेको मदरल्याण्ड अस्पताल लगिएको प्रहरीले जनाएको छ । शिशु फालेको आशंकामा प्रहरीले सिन्धुपाल्चोक सिपापोखरी घर भएकी १७ वर्षीया किशोरीलाई पक्राउ गरेको छ । पक्राउ परेकी किशोरीले भने सो शिशु आफ्नो नभएको बताएकी छन् ।

घटनाका बारेमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्