माओवादी केन्द्रमा पदाधिकारी कहिले ? यस्तो छ महराको जवाफ – Janadesh Daily | ePaper

माओवादी केन्द्रमा पदाधिकारी कहिले ? यस्तो छ महराको जवाफ


नेकपा माओवादी केन्द्रले भोलिसम्ममा पदाधिकारीको नाम टुंग्याउने भएको छ ।

आज बसेको स्थायी कमिटी बैठकले भोलिसम्म पदाधिकारी टुंगो लगाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनले भने, ‘केन्द्रीय समिति, पोलिटब्यूरो र पदाधिकारीको छलफल आज लगभग सकिएको छ । भोलिसम्ममा सबै सकिन्छ ।’

त्यसको गृहकार्यको जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको महराले बताए । माओवादीमा खासगरी महासचिवको विषयले पदाधिकारी चयन पेचिलो बनेको छ । वर्षमान पुन र जनार्दन शर्मा आकांक्षी रहेकाले कसलाई छान्ने विषयमा प्रचण्ड सकसमा छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्