जन्मदीनमा शर्मा द्धारा मेरो अतीत बिमोचन – Janadesh Daily | ePaper

जन्मदीनमा शर्मा द्धारा मेरो अतीत बिमोचन


घोराही,

साहित्य जनजागृतिका लागि लेखिनुपर्छ'
राजनितिक, सामाजिक, शैक्षिक र साहित्यक क्षेत्रका अगुवा एकराज शर्माले लेख्नुभएको मेरो अतीत नामक पुस्तकको आज बिमोचन गरिएको छ ।

८८ औँ जन्मदिनका अबसरमा शर्माले अहिले सम्मको आफ्ना जीवनका कथाव्यथा उक्त मेरो अतीत नामक पुस्तकमा लेखेर आज बिमोचन गराउनुभएको हो ।

परिषद्का अध्यक्ष पुरुषोत्तम खनालको अध्यक्षता र एवं प्राध्याक श्रीधर मजगैया र बरिष्ठ पत्रकार एवं साहित्यकार नारायणप्रसाद शर्माको विशिष्ठ आतिथ्यतामा पुस्तकको विमोचन कार्यक्रम भएको हो ।

पुस्तकको बिमोचन भने लेखक शर्माका नाती संस्कार शर्माले गर्नुभएको हो । उक्त पुस्तकको बिमोचन गर्दै रमेशकुमार अधिकारी र डा. अमर गिरीले शर्मा एक राजनितिक, सामाजिक, शैक्षिक र साहित्यको खुल्ला व्यक्तित्व रहेको चर्चा गर्नुभयो ।

नयाँ युगबोध राष्ट्रिय दैनिकका प्रकाशक सम्पादक प्रताप रेग्मीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण परिषद्का उपाध्यक्ष कमलमणि देवकोटाले गर्नुभएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्