केदारनाथ स्मृति ग्रन्थ लोकार्पित    – Janadesh Daily | ePaper

केदारनाथ स्मृति ग्रन्थ लोकार्पित   


काठामाडौँ,

ज्योतिष भाषाशिरोमणि केदारनाथ तिमल्सिनाका बहुआयामिक व्यक्तित्व समेटिएको केदानाथ स्मृति ग्रन्थको लोकार्पण गरिएको छ ।कागेश्वरी मनहरा नगरपालिका गोठाटारस्थित राष्ट्रिय ज्योतिष विज्ञान सेवा समितिमा आयोजित कार्यक्रममा विश्व ज्योतिष महासङ्घका अध्यक्ष डा लोकराज पौडेलले स्मृति ग्रन्थ लोकापर्ण गर्दै तिमल्सिनाको अध्यक्षतामा नेपालमा पहिलोपटक देश विदेशका ज्योतिषीको सङ्गठन गर्ने गराउने उद्देश्यले राष्ट्रिय ज्योतिष विज्ञान सेवा समिति गठन भएको बताउनुभयो ।

उहाँले राष्ट्र तथा अन्तर्राष्ट्रमा भएका ज्योतिष सम्मेलन तथा धार्मिक गोष्ठीमा भाग लिँदै तिमल्सिना ज्योतिष भाषाशिरोमणि, ज्योतिष महामहाचार्य, वेदविज्ञ तथा पौराणिक शिरोमणिलगायत दर्जनौँ मानसम्मानबाट विभूषित हुनुभएको उल्लेख गर्नुभयो ।

सो अवसरमा वाल्मीकि रामायणमा विद्यावारिधि गर्नुभएका डा सुबोध शुक्ला, राष्ट्रिय ज्योतिष विज्ञान सेवा समितिका अध्यक्ष तिलकराज पौडेल, धर्मशास्त्र अध्येता पं माधव रिजाल, ग्रन्थ प्रकाशन समितिका तर्पmबाट राधा तिमल्सिना, स्मृति ग्रन्थ सम्पादन मण्डलका तर्पmबाट ज्योतिर्विद् रत्ननिधि रेग्मी ‘शुक्राचार्य’ लगायतले केदार गुरुप्रति कवितासहित स्मृति ग्रन्थका विषयमा टिप्पणी गर्नुभएको थियो ।

करिब ६९२ पृष्ठमा प्रकाशित ग्रन्थलाई सामाजिक सञ्जालबाट पनि अध्ययन गर्न सकिने जनाइएको छ । तिमल्सिनाका अर्धकदको शालिक निर्माण गर्न रु एक करोड एक लाखको अक्षयकोष राखिएको पनि बताइएको छ ।रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्