नेविसंघले लगायो त्रिवि उपकुलपति कार्यलयमा पुन: ताला – Janadesh Daily | ePaper

नेविसंघले लगायो त्रिवि उपकुलपति कार्यलयमा पुन: ताला


जनादेश, काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यालयमा नेपाल विद्यार्थी संघले फेरि ताला लगाएको छ ।

गत असार २७ गते ताला गएको बिहीबार नेविसंघ कै एक समूहले खोलेकोमा फेरि अहिले आएर अर्को समूहले ताला लगाएको त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले बताए ।

उनले भने ‘नेविसंघले नै बिहीबार खोलेको ताला फेरि अर्को समूह आएर लगाएर गएका छन् ।’

ढोकामा टाँस गरिएको नेविसंघको लेटर हेड प्याडमा लेखिएको पत्रमा छलफल नगरि ताला खोलिएको आपत्ति जनाउँदै ताला लगाइएको उल्लेख छ । तर कसैको नाम अथवा हस्ताक्षर भने छैन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्