बहुप्राविधिक शिक्षालयको भवन निर्माण तिब्र – Janadesh Daily | ePaper

बहुप्राविधिक शिक्षालयको भवन निर्माण तिब्र


जनादेश, काठमाण्डौं ।  सबै खालका प्राविधिक शिक्षा एकै ठाउँमा पढाउनका लागि स्थापना गरिएको जाजरकोट बहुप्राविधिक शिक्षालयको भवन निर्माणकार्य भइरहेको छ ।

अघिल्लो वर्षदेखि सुरु गरिएको काम निरन्तर चलिरहेको छ । भवनको अभावमा खुला चौरमा पढ्दै आएका विद्यार्थीहरू भवन निर्माणसँगै अत्याधुनिक सेवासहित सुविधा लिन पाउने छन् । सिटिइभिटिईद्वारा सञ्चालनमा रहेको सरकारी बहुप्राविधिक शिक्षालय पूर्णरूपमा तीन वर्षदेखि सञ्चालन हुँदै आएको छ । मध्यपहाडी लोकमार्ग र भेरी करिडोरको बीचमा पर्ने यो शिक्षालयबाट सिस्ने हिमाललगायतका उच्च हिमश्रृङ्खला अवलोकन गर्न सकिन्छ । प्राविधिक शिक्षालय रहेको भेरी नगरपालिका–६ काफचौरमा सडकको स्तरोन्नति गर्नका लागि ४० करोड रुपैयाँ विनियोजन भई काम सुरु गर्न लागिएको पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए ।

२० करोडभन्दा बढी रकमबाट अहिले भौतिक संरचनाको काम जारी छ । यहाँ शिक्षालय नहुँदा वर्षेनी विद्यार्थीहरू लाखौं रकम खर्चेर जिल्ला बाहिर जानुपर्ने बाध्यता रहँदै आएकोमा त्यो अन्त्य भएको छ । शिक्षालयभित्र छात्रावासदेखि अन्य सेवा विस्तारका लागि पूर्वगृहमन्त्री शक्तिबहादुर वस्नेललाई आग्रह गरेका थिए । पूर्वमन्त्री बस्नेतले पहिले शिक्षालयमा पठाएको बजेटबाट काम गर्नुहोस्, अन्य पैसाको विषयमा आवश्यक व्यवस्था गर्ने बताएका थिए ।

डोल्पा, जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लाका लागि यो शिक्षालयले ठूलो योगदान गर्ने विश्वास लिइएको छ । अहिले यो शिक्षालयमा दोस्रो वर्षमा विद्यार्थी पढिरहेका छन् । सस्तो र घर आगनमै प्राविद्यिक शिक्षा पढन पाएपछि आफूहरू खुसी भएको नलगाड नगरपालिकाका कमान थापाले बताए । सुविधा सम्पन्न भएपछि विद्यार्थीको चाप बढ्ने अपेक्षा लिइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्