शिक्षक सेवा आयोगले निर्वाचन लगत्तै विज्ञापन खोल्ने – Janadesh Daily | ePaper

शिक्षक सेवा आयोगले निर्वाचन लगत्तै विज्ञापन खोल्ने


जनादेश, काठमाण्डौं । शिक्षक सेवा आयोगले निर्वाचन लगत्तै विज्ञापन खोल्ने तयारी गरेको छ ।

आयोगका अनुसार पहिलो चरणमा माध्यमिक विद्यालय तहको विज्ञापनको प्रक्रिया सुरु गर्ने आयोगको कार्यतालिका रहेको बताइएको छ ।
शिक्षा ऐनमा विद्यालय तहको संरचना दुई तह मात्र हुने उल्लेख गरे पनि आयोगले तीनै तहको संरचनाअनुसार शिक्षक नियुक्ति प्रक्रियालाई निरन्तरता दिन लागेको हो ।

आयोगले नियमित रूपमा विज्ञापन खुला गरी शिक्षकको परीक्षा सञ्चालन गर्न पाए ३ वर्षभित्रमै शिक्षक अभाव परिपूर्ति हुने अपेक्षा छ । यसैबीच आयोगले २०७८ माघमा सञ्चालन गरेको माध्यमिक तहको परीक्षामा उत्तीर्ण १ हजार ५ सय ५२ मध्ये उत्तीर्ण भएका १ हजार १ सय ८४ जना मावि तहको शिक्षक नियुक्ति गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई सिफारिस गरेको छ ।

आयोगले मङ्गलवार लिखित र मौखिक परीक्षाको परीक्षाफलबाट उत्तीर्ण १२ विषयका शिक्षकलाई मावि तहको स्थायी दरबन्दीमा सिफारिस गरेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्