काठमाडौं,
प्युठानमा नेपाली सेनामा कार्यरत १४ जनासहित थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीका अनुसार सोमबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा प्युठानमा थप २३ जनामा संक्रमण पुष्टि भएको हो ।
उनका अनुसार ईन्द्रध्वज गण प्युठानमा कार्यरत १४ जना, स्वर्गद्वारी नगरपालिकाका ६ जना, मल्लरानी गाउँपालिकाका २ जना र १ जना जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेको व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।