लेखिका किर्जिदा रोड्रिग्जले क्यान्सरबाट निधन हुनुअघि लेखेको नोट – Janadesh Daily | ePaper

लेखिका किर्जिदा रोड्रिग्जले क्यान्सरबाट निधन हुनुअघि लेखेको नोट


बिश्व प्रसिद्ध फ़ेशन डिजाइनर, ब्लगर एवम् लेखक किर्जिदा रोड्रिग्ज १० महिनासम्म पेटको क्यान्सरसँग लडेर अन्तत मृत्युसँग हार खाइन । ४० वर्षीय किर्जिदाले आफ्नो क्यान्सरबाट निधन हुनु अगाडि लेखेको नोट निकै चर्चित छ । अन्तिम समयसम्म पनि आफ्नो पेशामा लागिरहेकी किर्जिदाले क्यान्सरसँग लडिरहँदा जीवनको भोगाईलाई लिएर उनले लेखेको नोटलाई धेरैले जीवनको सत्यता भन्दै लिएको पाइन्छ ।

नोभेम्बरमा मृत्यु भएको उनले अगष्ट महिनाबाटै आफ्नो उपचारलाई बन्द गरिन् । किमो थेरापीले काम गर्न छाडेको थाहा पाएपछि बाँकी समय परिवार र शुभचिन्तकहरुसँग बिताउने भन्दै उपचार बन्द गरेकी थिइन् ।

No description available.

– किर्जिदा रोड्रिग्ज,

विश्व प्रसिद्ध फेशन डिजाइनर, ब्लगर एवम् लेखिका किर्जिदा रोड्रिग्जले क्यान्सरबाट निधन हुनुअघि लेखेको नोट :

सामाजिक सञ्जालमा भेटिएको उनको जीवनको सत्यताको नोट यस्तो छ :
१) दुनियाँको सबैभन्दा महंगो ब्राण्डको कारहरू मेरो ग्यारेजमा त्यसै थन्किएका छन् तर मलाई भने ह्विलचेयरको प्रयोग गरिरहनु परेको छ।

२) मेरो घरमा हिराका डिजाइनका कपडा, जुत्ता, महङ्गा सरसामानले भरिएको छ तर मेरो शरीर भने अस्पतालले दिएको एउटा छोटो पछ्यौरीले मात्र ढाकिएको छ।

३) बैंकमा मेरो खाताहरूमा रहेको पैसा मेरो पैसा हुन्। तर अब त्यो पैसा मेरो कुनै कामको छैन।

४) मेरा घर एक महल झैं छ तर म अस्पतालमा एक सानो आकारको बिस्तरामा पल्टिरहेको छु।

५) म एक फाइव स्टार होटलबाट अर्को फाइव स्टार होटलहरूमा जाने गर्थे। तर अब म आफ्नो समय अस्पतालमा एक प्रयोगशालाबाट दोस्रो प्रयोगशालामा जानका लागि बिताइरहेको छु।

६) मैले सयौं मानिसहरूलाई अटोग्राफ दिएको छु तर आज डाक्टरहरूको प्रेस्क्रिप्शन नै मेरो लागि अटोग्राफ भएको छ।

७) मेरो कपाललाई सजाउनको लागि मसंग सातजना ब्यूटीशियनहरू थिए तर आज मेरो टाउकोमा एउटा पनि कपाल छैन।

८) म एक निजी जेटमा जहाँ चाहे त्यहाँ उड्न सक्थे तर अब मलाई अस्पतालको बराण्डामा जानको लागि पनि दुईजना मानिसहरू सहयोग लिनु पर्छ।

९) बिश्वमा कयौं प्रकारका खाद्यान्नहरूमा मेरो पहुँच छ तर अहिले मेरो आहार दिनमा दुई गोली र रातमा दुई थोपा तितो औषधि मात्र रहेको छ ।

यो घर, यो कार, यो जेट, यो फर्नीचर, यति धेरै बैंक खाताहरू, यति धेरै प्रतिष्ठा र प्रसिद्धि, यीनीहरूको अब मेरो लागि कुनै काम छैन। यी मध्ये कसैले पनि मलाई थोरै भए पनि आराम दिन सक्दैनन्। यिनीहरूले केवल दिन सक्छन् त केही प्यारा मानिसहरूको अनुहार र उनीहरूको स्पर्श ।

साथीहरु, मृत्यु भन्दा अधिक सत्य केही पनि छैन अनि किन गर्छन् मान्छेहरू सम्पत्ति र पदको घमण्ड ?

(सामाजिक सञ्जालबाट लिइएको यो नोट सबै पाठकका लागि पठन योग्य हुनेछ ।)

I have a brand new car parked outside that can’t do anything for me, I have all kinds of designers clothes, shoes and bags that can’t do anything for me, I have money in my account that can’t do anything for me, I have a big well-furnished house that can’t do anything for me.

Look, I’m lying here in a twin size hospital bed; I can take a plane any day of the week if I like but that can’t do anything for me … So do not let anyone make u feel bad for the things you don’t have – but the things u have, be happy with those; if you have a roof over your head who cares what kind of furniture is in it… the most important thing in life is LOVE.

Lastly, make sure you enjoy the ones you love”

To watch the video plz click the link below: https://www.youtube.com/watch?v=L1Lzc018Mwg

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्