मध्यपश्चिम विश्वविद्यालयमा ‘Kailash Satyrathi Chair’ स्थापना सम्बन्धि प्रेस विज्ञप्ति – Janadesh Daily | ePaper

मध्यपश्चिम विश्वविद्यालयमा ‘Kailash Satyrathi Chair’ स्थापना सम्बन्धि प्रेस विज्ञप्ति


जनादेश  । मध्यपश्चिम विश्वविद्यालय (मपवि) ले सन् २०१४ को नोवेल विश्व शान्ति पुरस्कार प्राप्त व्यक्तित्व कैलाश सत्यार्थीज्यूको नाममा ‘Kailash Satyrathi Chair’ स्थापना गर्ने निर्णय गरेको छ ।

नोवेल विश्व शान्ति पुरस्कार बिजेता सत्यार्थीज्यूले मध्यपश्चिम विश्वविद्यालय लाइ उक्त अवसर प्रदान गरे पश्चात विश्वविद्यालयको कार्यकारी परिषद् र प्राज्ञिक परिषद् बाट उक्त कुरा आधिकारिक रुपमा पारित भई सकेको जानकारी २०७९ साल  मंसिर १६ गतेका दिन सम्माननीय प्रधानमन्त्रीज्यूको निजी सचिवालय बालुवाटार, काठमाण्डौंमा सम्पन्न मध्यपश्चिम विश्वविद्यालयको तेह्रौं सभाको बैठकमा उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहज्यूले जानकारी दिनु भएको थियो ।

मपवि अन्तर्गत रहेको ग्र्याजुएट स्कुल अफ हुम्यानिटिज एण्ड सोसल साइन्सेज अन्तरगत बाल शोषण (Child Exploitation), सबैका लागि शिक्षा (Education for All) लगायत अन्य बाल अधिकार र न्यायका क्षेत्रमा वार्षिक रूपमा कम्तीमा पनि एकजना विद्यार्थीलाई विद्यावारिधि अध्ययनका लागि उक्त Kailash Satyrathi Chair स्थापना भएको हो ।

गत बैशाख ६ गते वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दिक्षान्त समारोहमा नोवेल विश्व शान्ति पुरस्कार बिजेता कैलाश सत्यार्थीज्यू प्रमुख अतिथिको रुपमा उपस्थित भई प्राज्ञिक प्रवचनद्वारा विद्यार्थीहरुलाई दीक्षित गर्नु भएको थियो भने शैक्षिक उन्नयनका लागि सहयोग र सहकार्य गर्ने प्रतिवद्दता व्यक्त गर्नु भएको थियो । यसरी स्थापना भएको Kailash Satyrathi Chair कार्यक्रमलाई भविष्यमा विश्वविद्यालयको संस्थागत कोशेढुङ्गाका रूपमा प्रवर्द्धन गर्दै अगाडी बढाईने कुरा उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहज्यूले व्यक्त गर्नु भयो ।

प्रेस विज्ञप्ति

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्