सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ७ हजार ५०० रुपैयाँ – Janadesh Daily | ePaper

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ७ हजार ५०० रुपैयाँ


पछिल्लो समय सुनचाँदी बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ । आज छापावाल सुनको कारोबार प्रतितोला रु एक लाख सात हजार पाँच सय तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला रु एक लाख छ हजार तीन सयमा कारोबार भएको उक्त सुन आज प्रतितोला रु एक हजार दुई सयले बढ्दा नेपाली बजारमा सुनको कारोबार मूल्य हालसम्मकै उच्च भएको हो । यसअघि यही माघ १२ गते सुनको कारोबार प्रतितोला रु एक लाख छ हजार नौ सय पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख सात हजार छ । अघिल्लो दिन उक्त सुन रू एक लाख पाँच हजार आठ सय पुगेको थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा रु १५ले बढेर प्रतितोला रु एक हजार तीन सय ९५ पुगेको महासङ्घले जनाएको छ । अन्तराष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्य बढेकाले यहाँको बजारमा त्यसको असर परेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभयो । महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यका आधारमा दैनिक यहाँ कारोबार मूल्य तोक्दैआएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्